लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर २२ सलोखरीबाट प्रहरीले म्याग्जिन सहितको पेस्तोल बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी सितापुरबाट खटिएको गस्ती टोलीले शंकास्पद रूपमा हिँडिरहेका सबरजीत दासलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ९ एमएम जस्तो देखिने म्याग्जिनसहितको पुरानो पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा गुरुदेव दास र संजय दासलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको