राजावराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको नेतृत्वमा जिल्लामा रासायनिक मलको आपूर्ति तथा वितरण प्रणालीको अनुगमन गरेको छ।

किसानहरूबाट प्राप्त जनगुनासोका आधारमा गरिएको अनुगमनका क्रममा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड राजविराजलाई मल वितरण प्रणाली थप व्यवस्थित पारदर्शी, अभिलेखीकरणयुक्त तथा गुनासो रहित बनाउन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।

”मल वितरणमा हुने अनियमितता रोक्न गोप्य अनुगमनलाई थप तीव्र बनाइने प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थपाले बताए । उनलेे कालोबजारी तथा अन्य अनियमिततामा संलग्न व्यक्तिमाथि प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि उनलेे दिइएको छ।

यसैगरी प्रदेश सरकारसँग समन्वय गरी जिल्लामा थप रासायनिक मल आपूर्ति सुनिश्चित गर्न निरन्तर पहल गरिने र किसानले सहज रूपमा मल प्राप्त गर्ने वातावरण निर्माणका गर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष कुमार रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
1

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको