राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले बजारलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत बिहीबार बरमझियाका पेडा पसल तथा कञ्चनपुर बजार क्षेत्रका मासु पसलमा अनुगमन गरेको छ। उपभोक्ताको स्वास्थ्य, खाद्य सुरक्षा र अधिकार संरक्षणलाई केन्द्रमा राख्दै खाद्यवस्तुको गुणस्तर, सरसफाइ तथा व्यवसाय सञ्चालनको अवस्थाबारे निरीक्षण गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले बरमझियास्थित छ वटा पेडा पसलको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा एक पेडा पसलमा मदिरा बिक्री भइरहेको भेटिएपछि मदिरा जफत गरिएको छ। उक्त मदिरा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए।

अनुगमन टोलीमा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक राजन रायमाझी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष राय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक राजीन बुढाथोकी तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि रामअवतार यादव सहभागी थिए।

निरीक्षणका क्रममा पेडा पसल सञ्चालकलाई पसल परिसर सफा र व्यवस्थित राख्न, शौचालयको नियमित सरसफाइ गर्न तथा उपभोक्तालाई गुणस्तरीय र सुरक्षित खाद्य सामग्री उपलब्ध गराउन निर्देशन दिइएको छ।

यसैबीच, टोलीले कञ्चनपुर बजार क्षेत्रमा सञ्चालनमा रहेका खुला मासु पसलको पनि अनुगमन गरेको छ। मासु पसललाई स्वास्थ्य मापदण्डअनुसार व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न, सरसफाइ कायम राख्न तथा उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्न निर्देशन दिइएको प्रशासनले जनाएको छ।

अनुगमनका क्रममा गुणस्तरहीन खाद्य सामग्री बिक्री नगर्न, अनिवार्य रूपमा मूल्यसूची राख्न तथा कानुनले तोकेका मापदण्ड पालना गर्न व्यवसायीलाई सचेत गराइएको छ। मापदण्ड उल्लङ्घन गरेको पाइएका केही व्यवसायीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशनसमेत दिइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी यादवले जनस्वास्थ्य संरक्षण प्रशासनको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। उनले सार्वजनिक सडकमा दाउरा वा अन्य सामग्री थुपारेर आवागमनमा अवरोध नगर्न सम्बन्धित पक्षलाई आग्रहसमेत गरे।

प्रशासनले सुरु गरेको नियमित बजार अनुगमन अभियानप्रति स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका छन्। स्थानीय कमलकिशोर गुप्ताले यस्ता अनुगमनले बजारलाई थप व्यवस्थित बनाउनुका साथै उपभोक्ताले सुरक्षित र गुणस्तरीय खाद्य सामग्री प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको