काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यका लागि भारतले नेपालमा पाँचौँ खेपको सहायता सामग्री पठाएको छ ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान सामाजिक सञ्जालमार्फत पाँचौँ खेपको राहत सामग्री नेपाल पठाइएको जानकारी दिएका छन् । उनका अनुसार खोज तथा उद्धारका लागि आवश्यक विशेष उपकरणसहित ११ जना उद्धारकर्मी र ५.५ टन अत्यावश्यक औषधि बोकेको विमान नेपालतर्फ प्रस्थान गरेको हो ।

यसअघि भारतले चौथो खेपमा ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको सहायता विमान नेपाल पठाएको थियो । उक्त विमान भदौ १४ गते नेपाल आएको थियो ।

भारतले भोटेकोशी बाढीपछि नेपाललाई निरन्तर राहत तथा उद्धार सामग्री उपलब्ध गराउँदै आएको छ ।

भोटेकोशी बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा ठूलो क्षति पुगेपछि नेपालमा उद्धार, राहत तथा पुनःस्थापनाको काम जारी छ । भारतसहित विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय निकायले विपद् प्रभावितका लागि सहयोग उपलब्ध गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको