राजविराज सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुर टोलबाट प्रहरीले करिब २० क्विन्टल (२ हजार किलो) गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले स्थानीय भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको हो।

प्रहरीका अनुसार भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका पदार्थ बरामद भएको हो। बरामद पदार्थ करिब २ हजार किलो रहेको प्रहरीले जनाएको छ।

बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको