काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा। एस। जयशंकरबीच अमेरिकाको न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार दुवै नेताबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछिको कठिन परिस्थितिमा भारत सरकार र भारतीय जनताले दर्शाएको ऐक्यबद्धता एवं तत्काल उपलब्ध गराएको उद्धार तथा राहत सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

भेटवार्तामा दुवै मन्त्रीहरूबीच नेपाल(भारत बहुआयामिक सम्बन्धका विविध पक्ष, द्विपक्षीय हितका विषय तथा सम्झौताहरूको प्रगतिबारे विचारविमर्श भएको थियो । सो क्रममा दुई देशबीच लामो समयदेखि कायम रहेको घनिष्ठ, बहुआयामिक र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै विकास सहकार्यका क्षेत्रहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विषयमा जोड दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको