सप्तरी । नेपाली कांग्रेसको सप्तरी विष्णुपुर गाउँपालिका–२ को वडा सभापतिमा २२ वर्षीय नितिश कुमार यादव निर्विरोध निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको १५ औ महादिवेशन अन्तरगत असोज ३ गते सम्पन्न वडा भेलाले यादवलाई वडा सभापतिमा निर्विरोध चयन गरेको हो। यादव नेपाल विद्यार्थी संघ सप्तरीका उपाध्यक्षसमेत हुन्।
कम उमेरमै नेपाली कांग्रेसको वडा नेतृत्वमा पुगेका यादवको चयनले सप्तरीका युवा पुस्तामा उत्साह थपिएको स्थानीय युवाहरूले बताएका छन्। युवा नेतृत्वलाई अवसर दिइनुले पार्टीमा नयाँ पुस्ताको सहभागिता र नेतृत्व विकासको सन्देश दिएको उनीहरूको भनाइ छ।
२२ वर्षीय यादवको निर्विरोध चयनलाई कांग्रेसभित्र युवा पुस्ताको नेतृत्वतर्फको आकर्षणका रूपमा समेत हेरिएको छ।







