काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलले प्रतिनिधि सभा बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न समूहगत तालिका निर्धारण गरेको छ।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सूचना जारी गर्दै संसदको छलफललाई गुणात्मक, प्रभावकारी र फलदायी बनाउन शून्य समय तथा समूहका आधारमा न्यूनतम उपस्थिति तालिका निर्धारण गरिएको बताएका छन्।

सूचनाअनुसार असोज ८ गते समूह ३, ४ र १ का सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ। असोज १२ गते समूह १ र २, असोज १३ गते समूह २ र ३, असोज १४ गते समूह ३ र ४, असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसदको अनिवार्य उपस्थिति तोकिएको छ।

सम्बन्धित समूहका सांसदलाई बैठक सुरु भएदेखि अन्त्यसम्म उपस्थित भएर छलफलमा सक्रिय सहभागी हुन निर्देशन दिइएको छ। तर अन्य समूहका सांसदलाई संसदमा आउन अनिवार्य छैन भन्ने अर्थ नलिन पनि रास्वपाले स्पष्ट पारेको छ। विशेष अवस्थाबाहेक संसद बैठक सबै सांसदका लागि सधैँ बाध्यकारी हुनुपर्ने सूचनामा उल्लेख छ। त्यस्तै, बैठक अवधिमा छलफल प्रभावित नहुने गरी खाजा तथा अन्य आवश्यक कामका लागि सांसदले पालैपालो समय मिलाउनुपर्नेछ। कुनै प्रस्ताव वा विधेयक निर्णयार्थ प्रस्तुत हुने समयमा भने तोकिएका सबै सांसदको अनिवार्य उपस्थिति हुनुपर्ने रास्वपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको