काठमाडौँ  । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाका क्रममा न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा महासचिव एन्टोनियो गुटेरेस र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच भेट भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार बिहान न्युयोर्कबाट संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन्।

३६ वर्षीय शाह हाल विश्वकै कान्छा राष्ट्रिय नेता तथा सरकार प्रमुख हुन्। यही असारमा अमेरिका स्थित प्यु रिसर्च सेन्टरले संयुक्त राष्ट्रसंघका १८६ सदस्य राष्ट्रका नेताहरूलाई समेटेर गरेको विश्लेषणअनुसार शाह विश्वकै कान्छा राष्ट्रिय नेता/सरकार प्रमुख हुन्। उनले हरेक वर्ष आयोजना हुने विश्वकै प्रमुख अन्तर्राष्ट्रिय जमघटमध्ये एक महासभामा विश्वलाई अहिले सबैभन्दा गम्भीर रूपमा प्रभावित गरिरहेको जलवायु संकटको विषय उठाउँदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको