न्यूयोर्क । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै गएको भोटेकोशी बाढी नेपालका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि चेतावनीको सन्देश भएको बताएका छन्।

न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा आयोजित महासभामा बोल्दै उनले प्रश्न गरे, “भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ”?

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको अभिव्यक्तिलाई उद्धृत गर्दै प्रधानमन्त्री शाहले वैज्ञानिक जगतले लामो समयदेखि यस्ता जलवायु संकटबारे चेतावनी दिँदै आएको स्मरण गराए।

भर्खरै गएको विनाशकारी बाढीका कारण नेपालले ठूलो जनधनको क्षति बेहोर्नु परेको बताउँदै उनले यो संकट नेपालका कारण नभई विश्वव्यापी जलवायु परिवर्तनका कारण सिर्जना भएको स्पष्ट पारे।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालले यो मुद्दामा कुनै पनि देशलाई दोष नलगाउने र यसलाई भूराजनीतिक विषय बनाउन नचाहेको धारणा राखे।

बरु हिमाल र पर्यावरण संरक्षणका लागि सम्पूर्ण विश्व समुदायलाई एकसाथ आउन र सहकार्य गर्न उनले आह्वान गरे। साथै, विपद्पछिको चुनौतीपूर्ण परिस्थितिबाट पार पाउन नेपाललाई आवश्यक सहयोग गर्न पनि उनले अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको