राजविराज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत राजविराज नगर सभापतिमा सवीर आजम गुलाब सर्वसम्मत निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका गुलाबलाई राजविराज नगर सभापतिको जिम्मेवारी दिइएको हो।

सर्वसम्मत निर्वाचित भएपछि गुलाबको नेतृत्वमा राजविराजमा कांग्रेसको संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने अपेक्षा गरिएको छ। साथै, नगरका विभिन्न वडामा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने चुनौतीसमेत उनको काँधमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको