सतीरा कुमार दत्त
राजविराज कातिक / सप्तरी जिल्लाको राजविराजमा आज भाइटिकको अवसरमा आयोजित एक कार्यक्रममा भगवानको हाथमा रहेको कलम १ लाख ३५ हजार ५५५ रुपैयामा बिक्री गरिएको छ !
राजविराज को चित्रगुप्त मन्दिरमा आयोजित एक कार्यक्रममा बुधवार उक्त कलम डाक लिलामद्वारा राजविराज ६ निवासी क्षितिज कण्ठले खरिद गरेका हुन ।
प्रत्येक बर्ष राजविराज निवासी कायस्थ समाजका वासीहरु भाई टिकाको दिन भगवान श्री चित्रगुप्तको पूजा गर्दै कलमको पूजा गर्ने गर्छन ! भगवानको हाथमा पूजित कलम प्रत्येक वर्ष यसरी नै आफ्नै समुदायमा डाक बढावढ गरी लिलाम गर्ने गरेका छन !
चित्रगुप्त सेवा समिति राजविराजका पूर्व अध्यक्ष अशोक कुमार कर्ण भन्नु हुन्छ .- वि. सं २०३७ देखि समितिले यो परम्परा थालेको हो र अहिले सम्ममा यो सर्वाधिक रकमको डाक लिलाम हो ! बर्ष २०८० मा १ लाख ७ हजार सम्ममा विक्री भएको यो मोल समितिको इतिहासको सर्वाधिक हो ।
पूर्व अध्यक्ष कर्ण भन्छन, – यो हाम्रो समाजको भगवान चित्रगुप्त प्रतिको आस्था हो भने आर्थिक रूपमा समितिलाई समृद्ध बनाउने मेलो पनि हो !
समितिका महासचिव रणघिर कुमार कर्णले संचालन गरेको कार्यक्रम मा समिति द्वारा मा.वि. र स्नातक तहका गरी १२ जनालाई छात्रवृति प्रदान गरिएको छ !
महासचिव कर्णका अनुसार मा.वि. तहमा सृष्टि कर्ण, अमृत दत्त, राहुल लाल कर्ण, लक्ष्मी कुमारी कर्ण, दिपिका कुमारी कर्ण, मधुकुमारी कर्ण, अमन मल्लिक लाई प्रदान गरिएको छ ! जनही २ हजारका दरले प्रदान गरिएको यो छात्रवृति शिवम लाल कर्ण, जागृति कर्ण, आरती कुमारी कर्ण र स्नेहा दत्त लाई समेत दिइएको छ !
स्नातक तर्फ यो छात्रवृति कृतिका कर्ण लाई दिइएको समितिका कोषाध्यक्ष राजेश कुमार कर्णले बताएका छ्न !
यस बर्षको कलम सकार गर्ने क्षितिज कण्ठ भारतको वेंगलोरमा कम्प्यूटर इन्जिनियर को रूपमा कार्यरत छन भने उनी राजविराज नगर पालिका को पूर्व उपप्रमुख स्व. ललित कण्ठका छोरा हुन् !







