काठमाडौँ ।  संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बैठक बिहान सवा ९ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा भारत, चीन, अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु हुनेछ । बैठकको सुरुमा प्रस्तावित राजदूतहरु उपर प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

उजुरीकर्तासँगको छलफल सकिएपछि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ सुरु हुनेछ । समितिले सुनुवाइका लागि भारतका लागि प्रस्तावित राजदूत डा। निश्चल नाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापा र संयुक्त अधिराज्यका गौरव शमशेर जबरालाई आमन्त्रण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको