काठमाडौं । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल जारी छ। छलफल गर्न राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।

रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरू छलफलमा बसेका छन्। एमालेका अध्यक्ष केपी ओली भने बैठकबाट बाहिरिसकेका छन्।

अहिले एमालेको तर्फबाट नेता देवेन्द्र दाहाल बैठकमा सहभागी छन्। आउँदै आएन भन्ने नपरोस् भनेर आफू बैठकमा सहभागी भएर निस्किएको ओलीले बताए।

सबै दलका शीर्ष नेतृत्व हुँदा तपाईँ बस्नुभएन नि भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा उनले भने, ‘हाम्रो पनि त्यही लेभलको नेता हुनुहुन्छ। उहाँ सहभागी हुनुहुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको