काठमाडौं । नेपालको गण्डकी प्रदेशअन्तर्गत मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–२ मा रहेको श्री जनबल माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन, शिक्षक आवास तथा छात्रावास निर्माणका लागि आज शिलान्यास गरिएको छ।

नेपालस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेय र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले संयुक्त रूपमा निर्माण कार्यको शिलान्यास गर्नुभएको हो।

नयाँ संरचनाहरू भारत सरकारको करिब ८ करोड ९० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेका हुन्। उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project–HICDP) अन्तर्गत सञ्चालन हुने उक्त परियोजना घरपझोङ गाउँपालिका, मुस्ताङमार्फत कार्यान्वयन गरिनेछ। यो मुस्ताङ जिल्लामा सञ्चालन हुन लागेको १८औँ HICDP परियोजना हो।

शिलान्यास कार्यक्रममा घरपझोङ गाउँपालिकाका अध्यक्षसहित स्थानीय सरोकारवालाहरूले शैक्षिक पूर्वाधार सुदृढीकरण तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि भारत सरकारले निरन्तर गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका थिए।

नेपाल र भारत निकट छिमेकी राष्ट्रका रूपमा विभिन्न क्षेत्रमा बहुआयामिक सहकार्य गर्दै आएका छन्। उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनले दुई देशबीचको विकास साझेदारीको गहिराइ र आपसी सहकार्यलाई प्रतिबिम्बित गरेको भारतीय दूतावासले जनाएको छ।

यस्ता परियोजनाले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकाससँगै स्थानीयस्तरमा आर्थिक तथा सामाजिक विकासलाई समेत सहयोग पुर्‍याउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको