राजविराज – संघीय सरकार तथा प्रदेश सरकारका वरिष्ठ अधिवक्ताहरु सम्मिलित १२ जना सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणमा गएका छन ।
महान्यायाधिवक्ताको अग्नि खरेलको नेतृत्वमा ७ दिने भ्रमणमा रहेको टोलीले त्यहाँका सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, महान्यायाधिवक्ता र कानुनमन्त्रीहरुसँग छलफल गर्नुका साथै राज्य न्यायिक प्रणालीबीचको सम्बन्धको अध्ययन समेत गरेका छन ।
नेपाली प्रतिनिधिमण्डलले भारतको सर्वोच्च अदालत, दिल्ली उच्च अदालतको भ्रमण गर्नुका साथै नयाँ दिल्ली स्थित भारतीय विधि संस्थानमा एक दिने कार्यशालामा भाग समेत लिएका छन् ।

सो प्रतिनिधिमण्डलले भाद्र ११ देखी १३ गतेसम्म गुजरातको भ्रमण गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा गुजरात उच्च अदालतको भ्रमण गरी त्यहाँका महाधिवक्तासँग भेटघाट गर्नुका साथैे गान्धीनगरस्थित गुजरात फोरेन्सिक विज्ञान विश्वविद्यालयमा (जीएफएसयु) एक दिने कार्यशालामा भाग लिने कार्यक्रम पनि तय भएको छ ।

नेपालका महान्यायाधिवक्ता खरेलले दिल्लीस्थित सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रञ्जन गोगोइसँग भेटवार्ता गरेका छन् । टोलीमा प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा र गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे पनि सामेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको