राजविराज- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झारखण्डको साहिबगन्जमा निर्मित भारतको दोस्रो मल्टी मोडेल टर्मिनलको उद्घाटन गरेका छन । तीनमध्यको दोस्रो यो ट्रमिनले गंगा नदीमा जल मार्ग विकास परियोजनाअन्तर्गत सन् २०१८ नोभेम्बरबाट निर्माण सुरु गरिएको थियो । निर्माणको शुभारम्भ मोदीले वाणरासीबाट गरेका थिए ।
साहिबगंजस्थित मल्टी मोडल टर्मिनल झारखन्ड एवं बिहार उद्योगका लागि वैश्विक बजार खोल्ने अनुमान गरिएको छ । यसका साथै जलमार्गका माध्यमबाट भारत नेपाल कार्गो कनेक्टिविटीमा सुलभता थपिने छ ।
साथै राजमहल क्षेत्रबाट कोइला निर्यात गर्न यो ट्रमिनलले महत्त्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारीहरूले बताएका छन्। साथै कोइलाबाहेक गिट्टी, सिमेन्ट, चिनी लगायतका वस्तु निर्यात गर्न सिकेन बताइएको छ ।
मल्टी(मोडल टर्मिनलमार्फत यो क्षेत्रमा लगभग ६ सय मानिसलाई प्रत्यक्ष रोजगार र करिब तीन हजार मानिसलाई अप्रत्यक्ष रोजगारी सिर्जना हुने सरकारी अधिकारीहरूले बताएका छन् । मल्टी मोडल टर्मिनलका माध्यमबाट साहिबगंज मा सडक रेल नदी परिवहनको संयोजनबाट यहाँका ग्रामीण क्षेत्र कोलकाता एवं हल्दिया भन्दा पनि अगाडि बंगालको खाडी सम्म जोडिने छ ।
यसबाहेक साहिबगंज नदी समुद्र रूटबाट बांग्लादेश हुँदै पूर्वी राज्यहरूसँग जोडिने छ । यो ट्रमिनलको वार्षीक क्षमता ३० लाख टन रहेको छ । सार्वजनिक निजी साझेदारी मोडलमा यो ट्रमिनल निर्माण गरिएको हो । यो ट्रमिनलले निकट भविष्यमा अन्य देशसँग जलमार्गमार्फत जोडिन सहयोग पुग्ने ट्विटमार्फत बताइएको छ । साथै उक्त ट्रमिनलका सम्बन्धमा एउटा विशेष भिडियोसमेत शेयर गरेका छन् ।







