डा. कमोद निराला,
नेपालमा कालो दिवस, कालो संविधान र भाषिक अधिकारको आन्दोलन सबैलाई आफ्नो मातृभाषा प्यारो हुन्छ । यो जसरी बाहु, क्षेत्री, राई , मधेशी, लिम्बु, मगर, तामाङ्ग, नेवार थारु आदिलाई हुन्छ । त्यसरी नै मधेशी र अन्य जातजातीहरुलाई पनि हुन्छ । जबसम्म संविधान हुदैन तबसम्म उत्पिडित जनजातिहरुले कालो दिवस मनाइरहने छन । संविधान जारी हुदासम्म सयौ जनताले सहादत प्राप्त गरेको र अहिले पनि सयौको संख्यामा घाइते, अपाङ्ग भएर बाचिरहेका छन् । राज्यबाट हुनै प्रकारको सहयोग भएको छैन । संविधान जारी भएको दिन जनआन्दोलन चर्कियो । र सायौ जनतामाथि एकल जाति राज्यले झुठा मुदा लगाई कारागारमा थुनिएका छन् । उदाहरणको लागि रेशम चौधरी हुन् । असोज ३ गते देशका धेरै स्थानमा संविधानलाई कालो दिवसमा मनाउछन् । संविधान दिवसका दिन पहाडमा खुशियाली मनाइए पनि केही पहाडका र तराईका २० वटा जिल्लामा भने खुशियाली मनाइदैन । कारण २०७२ को असोज ३ गते जुन दिन संविधान लागु भएको र जुन दिन काँग्रेस र नेकपाहरुले संविधान लागु भएको दिनलाई व्यापक दिपालीको आयोजना गरी मनाउने निर्णय गरे, ठिक त्यसै दिन त्यो संविधान विभेदकारी छ भनेर विरोध जुलुसमा भाग लिने विरगंजका शत्रुधन पटेलको सुरक्षाकर्मीले चलाएको गोली लागे शाहादत प्राप्त गरेको दिन हो । आफ्नो घरमा लास भएपछि कुनै पनि परिवारले त्यो दिन कुनै खुशियाली मनाउन सक्दैन । त्यो अशुभ दिन हाम्रो संविधान दिवस हुनै सक्दैन त्यसैले हाम्रो लागि कालो दिवस हो । तपाई दिपावली मनाउनुस र शुभ दिन भनी उत्सव मानाउनुस । तर हामी मधेसी, जनजाति, मुस्लिम, थारु, पिछडिएका वर्गहरुका लागि यो दिन भनेको कालो र अशुभ दिन नै हो। तपाईहरुलाई हामी भारतीय हो जस्तो लाग्छ । यही माटोमा पुस्ता दरपुस्ता देखिएको भूमिपुत्र र पुत्री छौ हामी । हो यो सही हो किन त हामी तपाइले परिभाषा गरेको नेपाली हौ र न त भारतीय । हाम्रो आफ्नो छुटै मौलिक पहिचान छ । सुगौली संधि अन्तर्गत ब्रिटिशले गोरखाली शासकलाई भात खान दिएको समथर भूमिका वासिन्दा हौ हामी । गोर्खाली शासकले जहिले पनि मधेशको भूमिलाई आफ्नो विर्ता सम्झे पनि त्यहाँका जनतालाई कहिले पनि आफ्नो बुझ्न सकेन । मधेश र गोर्खाली शासकले सम्बन्ध त्यही सुगौली सन्धिले बाधेको छ, जसमा भनिएको छ तराईका जनतालाई कुनै विभेद र अभियोगजन नेपाली सरकारले गर्न पाउने छैनन । फेरी किन हामी माथि गोली प्रहार र झुठा मुद्दा लगाई अभियोगमा गरिन्छ त ? हामी नेपाली हौ । पहाडका वाििसन्दाहरु हाम्रो अधिकार समान छन । फेरी पनि किन हामीलाई दोस्रो दर्जाको नागरिकसरह विभेद गरिन्छ । हमीलाई पराजित समूहको रुपमा व्यवहार गरिन्छ ?
कालो दिवस किन ?
असोज २ गते मधेशी, मुस्लिम, जनजाति थारु पिछिडिएका वर्गहरुको लागि कालो दिनका रुपमा रहिरहने छ । जसका यी कारणहरु रहेका छन् । यो संविधानले मधेशीहरुको कलस्टरलाई विभिन्न प्रदेशमा मिसाएको छ, र यो संविधानले मधेशीहरुलाई आफनै भूमिमा विभाजित तुल्याइदिएको छ, र यो संविधानले पहाडमा कम जनसंख्यामा स्थानीय तह बन्ने तर त्यसको धेरै गुना बढी जनसंख्याको आधारमा मधेशमा स्थानीय तह बन्ने विभेदकारी सिद्धान्तलाई आत्मसाथ गरेको छ । त्यसैगरी यो संविधान महिलाहरुलाई पुरुषसरह आफना सन्तानलाई नेपाली नागरिकता दिलाउने अधिकार दिदैन भने यो संविधानले नागरिकताको प्रकारको आधारमा व्यापक विभेद सिर्जना गरेको छ । संविधानले जन्मसिद्ध र अंगिकृत नागरिकतालाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मुख्यमन्त्री जस्ता १० वटा पदमा निर्वाचित वा नियुक्त हुनबाट रोक लगाएको छ । यस्ता विभेदकारी प्रावधान राणाहरुको क्रुट शासनको पालामा पनि थिएन । यो संविधानले विविधतालाई स्वीकार गरे पनि केवल नेपाली भाषालाई राष्ट्र भाषा मानेको छ । संविधानले संघीयता अपनाए पनि संघियताको सिद्धान्तलाई तिरस्कार गरेको छ । जातीय तथा भौगोलिक पहिचानलाई अस्वीकार गरेको छ । प्रदेशको मातहतमा हुनुपर्ने विषयहरुमा पनि प्रदेशमा स्वायतता दिएको छैन । प्रदेशले गराउनुपर्ने स्थानीय चुनाव केन्द्रले गराएको थियो । यति मात्र होइन, अन्तरिम संविधानले दिएको अधिकार पनि यो संविधानले खोसेको छ । अन्तरिम संविधानले आरक्षणका लागि सातवटा कलस्टर छ्टयाएकोमा यो संधिवानले ती कलस्टरहरुलाई बनाएर १५ पु¥याएको छ र खस आर्यको लागि पनि आरक्षणको व्यवस्था गरेको छ । सबैलाई थाहा छ । खस आर्य भनेको नेपालको खलिङ्ग कलास हो । जुन समुदायले पृथ्वी नारायण साहको पाला देखि अवसरमा एकाधिकार स्थापना गर्दै आएको छ । यो संविधानको निर्माणमा ठुला दुई दलका खस आर्य नेताहरु नै हावी थिए र उनीहरुलाई साथ दिने कर्मचारीहरु पनि खस आर्य नै थिए त्यसकारण शायद आफ्नो समुहहरुको अधिकारबारे बढी सचेत थिए । तपाईलाई थाहा छ । संविधानको दुईवटा धारामा खस आर्यको परिभाषा गरिएको छ । तर मधेशी, मुस्लिम, जनजाति, थारु एवम अन्य पिछडिएको वर्गहरु लगायतका आरक्षणका लागि छुट्याएको कलस्टरहरुको परिभाषा गरिएको छैन । के अन्य कलस्टरहरुको परिभाषा जरुरी छैन ?
झुक्दैन मधेश, जनजाति, मुस्लिम, थारु पिछडिएका वर्गहरु अब ?
अहिलेका मधेशी, जनजाति, मुस्लिम, थारु तथा पिछडिएका वर्गहरु अब सजिलै झुक्किनेवाला छैनन । पहिला जस्तो झुक्याउने, फकाउने, भुलाउने र छलछाम गर्ने रणनिति झन आत्मघाती हुन्छ । एक से एक पढेलेखेका र तपाईका हर तर्कको जवाफ दिने क्षमता भएका पुस्ता आइसक्यो । हाम्रो बाउ बाजेले तपाइलाई जी हजुरी गरेको होलान । परिवर्तन लोकतन्त्रको नियम हो । यसलाई कसैले रोक्न सक्दैन । जसको जनसंख्या उसको शासन । अब मधेशी को दक्षिण भेगबाट पहाडी समुदायको उम्मेदवारी जित्न गाह्रो छ ।
संविधान दिवस नै मनाउने हो भने संविधानसंशोधन गरौ र संशोधन भएको दिनलाई साझा संविधान दिवस मनाऔ, जसलाई सबैले शुभ दिनकै रुपमा मनाउँछ । नभए तपाइको घरमा पन्चे बाजा र हाम्रा घरमा सोह्रश्राद्धको पिण्डदान सदा सर्वदाका लागि भइ नै रहनेछु, जसले यो संविधानको वैद्यता माथि सधै प्रश्न चिन्ह रहिरहने छ ।
अब निर्णय तपाईको हातमा छ । मन सकौला, मेरो छोराछोरीले हडताल तर संविधानको लडाई जारी नै रहन्छ । जसले देशलाई विकास र स्थिरताको पक्षमा अगाडि बढन दिदैन ।







