काठमाडौं -भारतको जम्मू–कश्मीरमा पाकिस्तानी सेनाले गोलीबारी गर्दा भारतीय सेनाका अधिकृतको ज्यान गएको छ । गोलीबारीमा एक महिलाको समेत ज्यान गएको छ ।

उरी क्षेत्र निकट नियन्त्रण रेखामा पाकिस्तानी सेनाले गोलीबारी गरेको हो । बुधबार बिहानदेखि गोलीबारी भएको थियो । जवाफमा भारतीय सेनाले पनि कार्वाही थालेको जनाएको छ ।

गत आइतबार पनि कश्मीरको नौशेरा क्षेत्रमा नियन्त्रण रेखामा पाकिस्तानले गोलीबारी गरेको थियो ।

बुधबार मृत्यु हुने महिलामा २२ वर्षीया नसिमा बेगम भएको भारतीय संचारमाध्यमहरुले लेखेका छन् ।

गत अगष्ट ५ मा भारतको केन्द्र सरकारले अनुच्छेद ३७० हटाएपछि पाकिस्तानले जम्मू–कश्मीरमा गोलीबारीको क्रम बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको