काठमाडौं– नेपालसम्बन्धी मामिलाका समेत जानकार रहेका हर्षबद्र्धन श्रींगला भारतीय विदेश सचिवमा नियुक्त भएका छन् ।

श्रींगला अमेरिका, युरोपेली र दक्षिण एसिया मामिलामा राम्रो दख्खल राख्छन् । उनले नेपाल र भुटान हुर्ने नर्थ डिभिजनमा निर्देशकका रुपमा समेत काम गरिसकेका छन् ।

सचिव विजयकेशव गोखलेले आगामी २९ जनवरीमा अवकास पाउन लागेकाले नरेन्द्र मोदी सरकारले श्रीर्गलालाई भावी विदेश सचिवमा चयन गर्ने निर्णय गरेको हो ।

गोखलेले २९ जनवरी २०१८ मा सचिव पद सम्हालेका थिए । श्रींगलाको चयनलाई मोदी सरकारको भारतको शक्ति राष्ट्रहरुको सम्बन्ध विस्तारसँगै ‘लुक इस्ट’ नीतिको प्रभावकारी कार्यान्वयनको रणनीतिका रुपका हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको