काठमाडौं –  पछिल्लो राजनीतिक अस्थिरताले कुनै असर नपरोस् भन्नका लागि नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन दिएको छ ।

अमेरिका र इरान बीचको आपसी विवादले असर नपरोस् भन्दै नेपाली शान्ति सेनालाई आवश्यक सुरक्षा सतर्कता अपनाउन नेपाली सेनाले निर्देशन दिएको हो ।

सैनिक जनसम्पक निर्देशनालयले प्रेस विज्ञप्ति जारी गर्दे नेपाली शान्ति सेना हालसम्म सकुशल रहेको बताउँदै सतर्कतालाई निर्देशन दिएको बताएको हो ।

बुधबार इरानले अमेरिकी सेनाको बेस क्याम्पमा दर्जनौं मिसाइल आक्रमण भएपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको हो ।

शान्ति स्थापनाका लागि इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिट लगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपनाउन समेत निर्देशन दिएको छ ।

साथै परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिशन हेडक्वार्टर र श्री शान्ति सेना संचालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन समेत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको