राजविराज— द्विपक्षीय सम्बन्ध जेजस्तो भएपनि अष्टे«लिया लामो समयदेखि पाकिस्तानको सबैभन्दा ठूलो आर्थिक सहयोगकर्ता हो ।
पछिल्लो समय भने अष्टे«लियाले पाकिस्तानलाई विगत ७ दशक देखि गर्दै आएको सरकारीस्तरको सहयोग आगामी वर्षबाट बन्द गर्ने भएको छ ।
पछिल्लो समय दक्षिणपूर्वी एसियाको मामिलामा ध्यान केन्द्रित गर्दै आएको र भारतसँगको बढ्दो निकटाका कारण अष्ट्रेलियाले पाकिस्तानलाई दिँदै आएको सहयोग बन्द गर्न लागेको हो । यद्यपि दुई मुलुकबीच पछिल्लो समय रणनीतिक समनाता विकास भइरहेको छ । चीन र अमेरिकाबीचको सम्बन्धमा सन्तुलन गर्न पाकिस्तानजस्तै अष्टे«लिया पनि प्रयासरत छ । ५ वर्ष अघिमात्र पाकिस्तान र चीनले सिपेक परियोजना थालेको घोषणा गरेलगत्तै अष्टे«लियन विदेशमन्त्रीले पाकिस्तानको भ्रमण गरी पाकिस्तानसँग दीर्घकालीन सम्बन्ध स्थापना गर्न चाहेको बताएका थिए ।
तर, द्विपक्षीय सम्बन्धमा निकटता आउनुको सट्टा दुई मुलुकबीचको सम्बन्ध बिग्रिदै गइरहेको देखिन्छ । अष्टे«लियाले पाकिस्तानलाई गर्ने सहयोग सन् २००९ मा करिब ७ करोड डलर पुगेको थियो । त्यसयता यो निरन्तर ओरालो लागिरहेको छ । सन् २०१९–२० मा अष्टे«लियाले पाकिस्तानलाई यसअघि दिँदै आएको ३ करोड ९० लाख डलर सहयोग करिब आधाले कम भई १ करोड ९० लाखमा झरेको छ । द्विपक्षीय सहायता बन्द भएपनि पाकिस्तानले अष्टे«लियाबाट मानवीय सहायताका रुपमा प्राप्त गर्ने सहयोग र पाकिस्तानी विद्यार्थीका लागि अष्टे«लियामा छात्रवृत्तिले भने निरन्तरता पाउने छन् ।
अष्टे«लियन सहयोग रोकिएको खण्डमा पाकिस्तानका लागि ठूलो ढाडै भाँचिने त नहोला तर यसबाट अष्ट्रेलियाले पाकिस्तानमा आफ्नो प्रभावमात्र गुमाउने छैन, सिपेक परियोजनाजस्ता सम्भावित आर्थिक अवसरबाट पनि बञ्चित हुनसक्छ ।
यसको बदलामा प्रशान्त क्षेत्रका मुलुकमा चीनको बढ्दो प्रभाव कम गर्नका लागि अष्टे«लियाले आफ्नो सहयोग ती मुलुकतर्फ लैजाने छ ।
आर्थिक सहयोग कटौतीबाट अष्टे«लियाको पाकिस्तानमा राजनीतिक प्रभाव घट्ने त छ नै, यसबाट पाकिस्तानमा अष्टे«लियन सहयोगबाट सञ्चालित महिला शिक्षा, लैंगिक समानता, प्रजनन् स्वास्थ्य लगायतका क्षेत्रमा पनि नकारात्मक असर पर्ने निश्चित छ ।
अष्टे«लियाको सहयोग कटौती यो क्षेत्रमा पाकिस्तानका लागि मात्र गरिएको छैन । नेपालका लागि पनि अष्टे«लियाले यस्तै किसिमको सहयोग कटौती गर्ने भएको छ । त्यसबाहेक बंगलादेशका लागि पनि अष्टे«लियाले अघिल्ला वर्षहरुको भन्दा सहयोगमा कटौती गर्दैछ । पछिल्ला केही वर्षमा अष्टे«लियाको अन्तर्राष्ट्रिय सहयोग बजेट उल्लेख्य रुपमा कटौती भएको छ ।
मुलुकको कूल राष्ट्रिय उत्पादनको निश्चित प्रतिशत विदेशी सहयोगका लागि छुट्याइने आधारमा कुनै मुलुक कति सहयोगी छ भन्ने निर्धारण हुने मान्यता छ । यसअनुसार अन्तर्राष्ट्रिय सहयोग गर्ने मुलुकमध्ये अष्टे«लिया सन् २०१५ मा अष्टे«लिया २० मध्ये १४ औँ स्थानमा आएको थियो । सन् २०१७ मा अष्टे«लियाको स्थान घटेर १९ औं स्थानमा पुगेको थियो । सन् २०१८ मा अष्टे«लियाका अन्तर्राष्ट्रिय विकासमन्त्रीले ८० प्रतिशत अष्टे«लियन नागरिकहरु अन्तर्राष्ट्रिय सहयोगको विपक्षमा रहेको जनाएका थिए ।
एक सर्वेक्षणले अष्टे«लियन नागरिकमा अन्तर्राष्ट्रिय सहयोगबारे गलत धारणा रहेको देखाएको थियो । लोली इन्स्टिच्युटले गरेको सार्वजनिक सर्वेक्षणमा उनीहरुले संघीय बजेटको १४ प्रतिशतसम्म अन्तर्राष्ट्रिय सहयोगमा खर्च हुने गरेको बताएका थिए । सर्वेक्षण अनुसार उनीहरुले संघीय बजेटको १० प्रतिशत सम्म अन्तर्राष्ट्रिय सहयोगका लागि खर्च गर्न सकिने बताएका थिए । तर, वास्तवमा अष्टे«लियाले संघीय बजेटको केबल ०.८ प्रतिशतमात्र खर्च गर्दै आएको छ, जुन हरेक वर्ष घट्दै गइरहेको छ ।
अष्टे«लियाको सहयोग सन् २०१३ यता वास्तविक मूल्यका आधारमा एक चौथाईले घटेर हालसम्म सबैभन्दा न्यून स्तरमा छ । अष्टे«लियाका गैर सरकारी संस्था र स्थानीय सहयोग विज्ञहरुले यसलाई राष्ट्रिय लज्जाको संज्ञा दिएका छन् ।
विश्वको ९ औं ठूलो अर्थतन्त्र रहेपनि अष्टे«लियाले अन्तर्राष्ट्रिय सहयोगमा कटौती गर्नु दुर्भाग्य छ । यसले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको आवाज बन्द हुने र आन्तरिक अदूरदर्शीता अझ बढ्दै जाने खतरा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको