वाशिंगटन – अमेरिकाको एक कम्पनीले चीन सरकारमाथि २० ट्रिलियन डाँलर क्षपिुर्तिको माग गर्दै मुद्दा दायर गरेको छ । कम्पनीले चीनमा जैविक हतियार परिक्षण गरेकोले करोना भाईरस फैलिएको भन्दै मुद्दा दायर गरेको हो । अमेरिकी नागरिकहरुलाई मारने र रोगी बनाउने षडयन्त्रको हिसावले चीनले यस्तो रोग फैलाएको सो कम्पनीले आरोप लगाएको छ ।
अमेरिकाको टेक्सासस्थित बज फोटोजले अधिवक्ता लैरी क्लेमैन र फ्रीडम वाचले चीन सरकार, चीनीयाँ सेना, वुहान इंस्टीट्यूट आँफ भाईरोलाजी, वुहान इंस्टीट्यूटका डाइरेक्टर शी झेनग्ली र चीनीयाँ सेनाको मेजर जनरल छेन वेई को विरुद्ध यो मुद्दा दायर जनाएको छ ।
उनीहरुले दावी गरेको छ कि चीनीयाँ प्रशासनले एक जैविक हथियार तयार गरिरहेको थियो जसको कारणले कोरोना भाइरस फैलिएको हो ।
वुहान भाइरोलोजी इंस्टीट्यूटद्वारा यस भाइरसलाई जानाजान बाहिर छोडिएको उनीहरुले अरोप लगाएको छ । उनीहरुको अनुसार चीनले कोरोना भाइरसको ‘निर्माण’ ठुलो जनसंहारको लागि गरेको हो । जैविक हथियारहरुलाई १९२५ मा नै गैरकानूनी घोषित गरिसकिएको छ र यसलाई नरसंंघारको लागि आतंकी हथियारको रुपमा लिइन्छ ।
सो अमेरिकी कम्पनीले यसबारेमा मीडियामा आएको विभिन्न समाचारहरुलाई उद्दृत गर्दै भनेको छ कि चीनको एक मात्र माइक्रोबायोलाजी ल्याव वुहानमा छ जसले नोवेल कोरोना जस्तो अत्याधुनिक भाइरसको सामना गर्न सक्दछ तर चीनले कोरोना भाइरसको बारेमा उक्त ल्यावको अनुसन्धान रिपोर्टहरुलाई राष्ट्रीय सुरक्षाको बहाना बनाउदै लुकाएर राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको