काडमाण्डौ– ४० जना धर्मगुरुमाथि गरिएको कोरोनाभाइरस परीक्षणको नतिजा पोजेटिभ आएपछि पाकिस्तानको रायविन्ड शहर पूर्ण रुपमा लकडाउन गरिएको छ ।यी सबै सिन्धका प्रानतको हैदरावादको एक मस्जिदमा तबलिगी जमात कार्यक्रममा सहभागि भएका थिए ।
यी सबै तबलिगी जमातसँग सम्बन्धित छन् । तबलिगी जमातसँग जोडिएका थुप्रैमा कोरोनाको संक्रमण देखिएको छ ।
दक्षिण एशियाली क्षेत्रमा पाकिस्तानमा अचानक कोरोनाभाइरसको संक्रमितमा वृद्धि देखिएको छ ।







