लाहोर –स्विडेनका पत्रकार साजिद हुसैन लगभग एक महिना देखी हराईरहेको छ । उनको साथीहरुलाई यो कुरा थाहा भएपछि पत्याउन गार्हो भयो । उनी एक महिना अधि स्विडेनी शहर अप्सल्लाबाट हराएको छ ।
अनलाइन पत्रिका, बलूचिस्तान टाइम्सको सम्पादकीय बोर्ड, जसमध्ये हुसैन मुख्य सम्पादक थिए, उनले शनिबार सार्वजनिक रूपमा समाचार साझा गरे कि उनी मार्च २ बाट स्विडेनी शहर अप्सलाबाट हराइरहेका थिए र औपचारिक मुद्दा चलिरहेको छ । मार्च २८ मिडिया कर्मीहरुले स्वीडेनको पुलिसमा मुद्दा हालको छ । आज सम्म उनको बारेमा केही पत्ता लगोको छैन ।
उनका भाई वाजिद बलूचका अनुसार हराईरहेको दाईको खेजीमा यतिका दिन विताएपनि खोज्न सकिएनन । उनले भने हुसैनलाई आठ बर्ष अगाडी कसैले मार्ने धम्की दिएको थियो ।
उनकी श्रीमती शहनाजले संचारकमीहरु स.ग कुरा गर्दै भने कि हुसैनलाई बलपुर्वक बेपत्ता पारेको छ । उनले भने २०१२ उनले लेखेका केही समाचारको कारण खतरा थियो । त्यसपछि उनी सेप्टेम्बर २०१२ मा पाकिस्तान छाडे र कहिल्यै फर्किएन, “शहनाजले भने ।
स्वीडेनमा सजिदको साथी ताज बलोचले भने कि उनी बेपत्ता हुनु भन्दा एक दिन अघि उसलाई भेटेका थिए । सबै कुरा ठीक देखिन्थ्या । अर्को दिन, उसको फोन बन्द भयो । पत्रकार हराएको कुरा पुलिसलाई बताएपनि अहिले सम्म त्यसको केही प्रमाण फेला पार्न सकेको छैन ,। बेपत्ता पछाडि को छ भन्ने कुरा परिवारलाई थाहा छैन । तर स्वीडेन जस्तो मुलुकमा पत्रकार जतिबेला पनि बेपत्ता हुनुलाई पत्रकारीता क्षेत्रमा काम गर्ने संघ संसथहरुले गहिरो चिन्ता ब्यक्त गरेका छन । उनीहरुले विश्वास गरेको छ की स्विडेनी अधिकारीहरूल हामीलाई न्याय दिलाउने छ ।







