राजविराज – अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिनुमा चीनको मासु बजार जिम्मेवार रहेको बताएका छन् ।
अस्ट्रेलियन प्रधानमन्त्री मोरिसनले शुक्रबार चीनको मासु बजारविरुद्ध कारवाही गर्न संयुक्त राष्ट्रसंघसँग अपिल पनि गरेका छन् ।
चीनको मासु बजारबाट विश्व स्वास्थ्य र विश्वभरका मानिसका लागि गम्भीर खतरा रहेको बताएका छन ्। गएको डिसेम्बरमा चीनको वुहानमा नोवेल कोरोना भाइरसको संक्रमण पहिलोपटक पुष्टि भएको थियो । जंगली जनावरको मासु बजारबाट सो भाइरसको संक्रमण मानिसमा फैलिएको बताइन्छ । संक्रमण बिस्तार भएपछि वुहानमा रहेको वुहान सिफुड होलसेल मार्केट गएको जनवरीमा बन्द गरिएको थियो ।
अस्ट्रेलियन प्रधानमन्त्री मोरिसनले स्थानीय रेडियोसँगको अन्तर्वार्ताको क्रममा मासु बजार जहाँ रहे पनि स्वास्थ्यका लागि गम्भीर जोखिम हुने बताए ।
कोरोना भाइरस चीनमा जन्मिएको र त्यहाँबाट पूरै विश्वमा फैलिएको बताए । विश्व स्वास्थ्य संगठनले यसलाई गम्भीर रुपमा लिएर केही न केही गर्नु पर्ने उनले माग गरेका छन् ।
चीनमा जंगली जनावरको मासुमा प्रतिबन्ध लगाइएको छ । यस्तै हालै शिन्चेन शहरले जंगली जनावरसँगै घर पालुवा बिरालो तथा कुकुरको मासुमा पनि प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको