लहौर–पाकिस्तानी जासूस एजेन्सी आईएसआईले वरिष्ठ बलोच पत्रकार र लेखक साजिद हुसैनको स्वीडेनबाट अचानक बेपत्ता पारिएकोमा शंका गरिएको छ ।
मार्च २ पछि हुसैनको अज्ञात रहेको पाकिस्तानि संचरमाध्यमहरुले जनाएको छ । यो पहिलो पटक हो कि बलोचिस्तानका पत्रकार विदेशबाट हराइरहेको छ । अफगानिस्तान र पाकिस्तान विज्ञहरूले नाम नछाप्ने सर्तमा संचारकर्मीहरुलाई भने कि बेपत्ता हुनुको पछाडि आईएसआईको हात हुन सक्छ किन भने उनी पाकिस्तान सरकार र यसका एजेन्सीहरूका मुखर आलोचक थिए । एक विश्वासिलो अन्तराष्ट्रि« मिडियाका अनुसार स्वीडेनमा पाकिस्तानको एक खुफिया एजेन्सीको आदेशमा पत्रकार हुसैनलाई अपहरण गरेको जनाएको छ । आरएसएफ स्वीडेनियन सेक्सनका अध्यक्ष एरिक हलक्जेरले मार्च ३० मा एक विज्ञप्तिमा जारी गदे पाकिस्तानी पत्रकारहरू विरुद्ध भएको घटना निदंनिय रहेको छ । यसलानई हामी बेवास्ता गर्न सक्दैनौ ।“
हुसैनत बलूचिस्तान टाइम्स अनलाइन पत्रिकाका प्रमुख सम्पादक थिए । हुसैन शहीद गुलाम मोहम्मदका भतिजा हुन । जो बलोच नेशनल मूवमेन्ट ९बीएनएम० का संस्थापक थिए र यसैले इस्लामाबादको भेदभावपूर्ण नीतिहरूको बिरूद्ध लड्ने विचारधाराको समर्थक समेत थिए ।बीएनएमले स्वीडेनलाई उनको बेपत्ता पार्ने सम्बन्धमा छानबिन गर्न आग्रह गरेको छ ।
उनले पाकिस्तान सरकारले गरेको थतिविधी सम्बन्धी रिपोििटङ्ग गरेकै कारणले २०१२ मा धम्की पाएको थियो । त्यसपछि स्वीडेनमा उनीले राजनीतिक शरण लिएका थिए । उनी मार्च २ मा स्टकहोल्ममा एउटा ट्रेनमा चढिसके पछि बपत्ता भएका छन ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको