काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लकडाउन थप्ने तयारी तीव्र भएको छ । सुरुमा एकै पटक २१ दिन लकडाउन गरेपछि आलोचित बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आलोचित भएका थिए ।

उनले सहजै माफी पनि मागेका थिए । तर यसपटक उनले सर्वदलीय बैठक नै डाके । उक्त बैठकमा कोरोनाको महामारी रोक्नका लागि लकडाउनलाई अझ थप्नुपर्ने संकेत मोदीले दिएका छन् ।

२१ दिने लकडाउन १४ अप्रिलमा सकिँदैछ । कोरोना संक्रमण रोक्नका लागि केन्द्र सरकारले लकडाउनको अवधि बढाउने निर्णय गरिसकेको छ ।

मोदीले हालको अवस्थालाई ‘राष्ट्रिय आपतकाल’ घोषणा गर्दै सामाजिक दूरी बढाउनका लागि आग्रह गरिरहेका छन् ।

भारतीय संचारमाध्यमहरुका अनुसार बैठकको एक लिक भएको अडियो क्लिप अनुसार मोदीले कोरोनाको महामारीका कारण देशमा राष्ट्रिय आपतकाल जस्तो हालत रहेको बताएका छन् ।

कयौं राज्यहरुले समेत लकडाउन बढाउने संकेत यसअघि नै गरिसकेका छन् ।

भारतमा लकडाउन भइरहँदा त्यो प्रभाव नेपालमा पनि पर्छ । खुला सीमाना भएका कारण यदि लकडाउन खुल्ने हो भने सीमानामा थेग्न नसकिने गरी आवतजावत हुन सक्नेछ ।

अहिले पनि सीमामा त्यो खतरा कायमै छ ।

कति छन् भारतमा संक्रमित र मृतक ? आँकडा फरक फरक 
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा संक्रमितको संख्या र मृतकको संख्या फरक फरक आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४ हजार ७१४ देखाइएको छ । मृतकको संख्या १४९ देखाइएको छ । जसमा ४१० जनालाई निको भएको जनाइएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार संक्रमितको संख्या ५ हजार २७४ रहेको छ । नवभारत टाइम्सले पनि संक्रमित ५ हजार २७४ र मृतक १४९ देखाएको छ ।

भास्कर दैनिक भने ५ हजार ९१६ संक्रमित भएको लेख्छ भने मृतकको संख्या १९३ पुर्याएको छ ।

वल्डोमिटर्सडटइन्फो पनि संक्रमितको संख्या ५ हजार ९१६ रहेको बताउँछ । त्यस्तै १७८ जनाको ज्यान गएको बताउँछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा भएको छ । त्यहाँ ६४ जनाको ज्यान जाँदा १ हजार भन्दा बढी संक्रमित छन् ।

गुजरात र मध्यप्रदेशमा १३–१३ जनाको ज्यान गएको छ । दिल्लीमा ९ जनाको ज्यान गएको छ । तमिलनाडु, तेलंगाना र पंजावमा समान ७–७ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको