एजेन्सी–विश्वको ध्यान कोरोना भाईरस महामारीको बिरूद्धमा केन्द्रीत भएको बेला पाकिस्तानी एजेन्सीहरूले गिलगित बाल्टिस्तान (पिओके) का जनतामाथि अत्याचार गरिरहेको छ । त्यहाका अधिकारीहरुले पाकिस्तानको कब्जामा रहेको काशमिर (पीओके) जनतामाथि अत्याचार गरिरेको रहस्य खुलेको छ । समाजिक संजालमा भाइरल भएको एक भिडियोमा पीओकेको मीरपुर जिल्लाको इस्लामगढ इलाकामा बस्ने एक परिवारमाथि पाकिस्तानी पुलिसहरुले नराम्ररी कुटपिट घटना देखिन्छ । त्यो भिडियोमा केटीहरुको लुगा समेत च्यातिएको देखाईएको छ ।
ती परिवारका सदस्यले भने, “हामी कुनै अपराधी वा कुनै गैरकानुनी गतिविधिमा संलग्न नभएपनि हामीलाई कुटपिट गरिएको बताए । उनीहरुले भने यहाँ सम्पूर्ण कालोनी घटनाको साक्षी छ, जब पुलिसले हाम्रो घरमा विनाकारण प्रवेश गरेर कुटपिट गरे ।
पीओकेका धेरै मानिसहरू विदेशमा बसोबास गर्छन । उनीहरु मध्ये धेरै जो आफ्नो घर आउँदैछन । उनीहरुहरुलाई पाकिस्तानी सुरक्षा एजेन्सीहरु द्वारा लक्षित गरी जबरजस्ती हिरासतमा राखिने गरेको छ ।
एजेन्सीहरूले उनीहरूमाथि गरिएको अत्याचार बाहेक, पीओकेका मानिसहरूलाई कोरोनाभाइरसको आधारभूत परीक्षण गर्नबाट वञ्चित गरिएको छ । कोटलीमा जहाँ एक कोभिड १९ क्लिनिक स्थापना गरिएको छ त्यहाँ बिरामीलाई मेडिकल उपकरणको अभाव र स्वास्थ्य कर्मीलाई जानी जानी नपठाएको उनीहरुको गुनासो छ ।
क्लिनिकमा गएका एक कोरोनाका संदिग्ध बिरामीले भने, “म बिहान ९ बजे देखी १२ वजे सम्म यहा कुर्दै छु , जातका लागि कुनै डाक्टर आएनन ।
भर्खर दुबईबाट आएका अर्का व्यक्तिले भनेका थिए, कोभिड–१९ क्लिनिकमा आधारभूत सरसफाइको अभाव छ र मास्क र पन्जाको सुविधा पनि छैन ।“
कमजोर स्वास्थ्य सेवा पूर्वाधार र पीओके र गिलगित बाल्टिस्तानमा चिकित्सा उपकरणको अनुपलब्धताले जनतामा व्यापक आतंक सृजना भएको छ ।
स्वास्थ्य अधिकारीका अनुसार पाकिस्तानमा कोरोनाभाइरसका कूल २ सय २९ जना नया संक्रमण संगै ४ हाजार ७ सय जना संक्रमन भएको छ । जसमा ६७ जनाको मृत्यु भईसको छ । गिलगित बाल्टिस्तानमा २ सय १५ जनामा संक्रमण देखीए भने पिओकमा ३३ जनामा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको