राजविराज– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ईद आउनु भन्दा पहिला नै ‘कोरोना भाइरसबाट संसार मुक्ति पाउनलाई प्रार्थना गर्न आग्रह गरेका छन् ।
मोदीले आज समाजिक सञ्जाल ट्वीट मार्फत मुस्लिम धर्मालम्बीहरुको पर्व रामजान सुरु भईसकोले यस पर्व मार्फत सद्धभावना,संमबेदनशिलता र सेवा भावको प्रतिक बनाउन सबै संग आग्रह गरेको छ ।
‘अघिल्लो पटक रमजान मनाउँदा कसैलाई यो लागेन होला कि यस पटक रमजानको समयमा यति धेरै समस्याहरू हुनेछन ्। यस पटक, हामी इद पर्ब आउनु भन्दा पहिला नै संसार कोरोना भाइरसबाट स्वतन्त्र हुन दिनुहोस् भनेर प्रार्थना गरौं ।’ त्यपछि हामी पहिला जस्तै उमंग भई यद पर्व मनान मोदीले ट्वीटमा लेखेका छन् ।







