श्याम सोनी

पीथौरागढ़-  नेपाल भारतबीच जारी सीमा विवादलाई धारचूलाका विधायक हरीश धामीले सोझै खारेज गरेका छन्। धामीको भनाई छ, काली नदीको उद्गम स्थल कालापानी हो। यसैको वारी-पारी भारत र नेपाल छन्। खासमा हालैको दिनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि नेपालले आफ्नो दाबी गरिरहेछ। यी तीनै क्षेत्र उत्तराखण्ड र धारचूला विधानसभाको हिस्सा हुन्।धारचूलाका कांग्रेस विधायक हरीश धामीले कालापनी विवादमा बयान दिँदै नेपाललाई कड़ा चेतावनी दिएका छन्। पिथौरागढ़मा मीडियासित कुराकनीमा उनले भने, ‘कालापनी भारतको अभिन्न अंग थियो र भारतकै रहनेछ। चीनको भनाईमा आएर नेपालले भारत विरोधी बयान दिइऱहेछ, जुन सोझै गलत हो’।
हरीश धामीले नेपालमाथि आरोप लगाउँदै भने, ‘भारतले नभएर नेपालले भारतको जमीनमा अतिक्रमण गरेको छ। सीमान्तका मानिस आफ्ना सीमाहरूको रक्षाको निम्ति हरेक समय तयार छन्’। जुन क्षेत्रमा विवाद चलिरहेछ, त्यो धारचूला विधानसभा अन्तर्गत पर्छ, जहाँका विधायक हरीश धामी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको