काठमाडौं – भारतका ग्याङस्टर विकास दुबे मारिएका छन् । दुबेलाई लिएर प्रहरीले कानपुर लिएर जाँदैथियो । शुक्रबार बिहान एसटीएफको गाडी दुर्घटनाग्रस्त भएको हो । भारतीय संचारमाध्यमहरका अनुसार जो कार पल्टिएको छ त्यो कारमा विकास दुबे रहेका थिए ।

घटनापछि पुलिसको पेस्टोल खोसेर दुबे भाग्न खोजेको भन्दै जवाफी कार्वाहीमा दुबे मारिएका हुन् ।

दुबेलाई बिहीबार प्रहरीले उज्जैनको महाकाल मन्दिरबाट गिरफ्तार गरेको थियो ।

आठ पुलिसको हत्या गरी फरार ग्याङस्टर विकास दुबेलाई प्रहरीले बिहीबार गिरफ्तार गरेको थियो । भारतस्थित कानपुरको बिकरुमा भएको शुटआउटको मुख्य आरोपी दुबे महाकाल मन्दिर दर्शन गर्न गएका प्रहरीले पक्राउ गरेको थियो ।

उत्तर प्रदेश पुलिसको टिमले दुबेलाई पछिल्लो ६ दिनदेखि खोजी गरिरहेको थियो ।

मन्दिरमा पुगेर विकास दुबे चिच्यायो, भन्यो – म विकास दुबे हुँ 
मन्दिरको सुरक्षा टिमले संदिग्ध मानेर पक्राउ गरेको थियो । त्यसपछि महाकाल थाना पुलिसलाई सूचना दिएको थियो ।

भारतीय संचारमाध्यमहरुका अनुसार विकास दुबे मन्दिर पुगेर आफू विकास दुबे भएको बताउँदै चिच्याएको थियो । त्यसपछिमात्र सुरक्षाकर्मीले पक्राउ गरेको थियो ।

मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले दुबे पुलिस गिरफ्तारीमा रहेको बताए । उनले गिरफ्कतारी कसरी भएको भन्ने बारेमा बताउनु उपयुक्त नहुने बताएका छन् ।

दुबेलाई गिरफ्तार गर्न ३ थानाका पुलिस गत जुलाई २ तारिखमा बिकरु गाउँको दबिश गएका थिए । तर विकासको ग्याङले ८ सुरक्षाकर्मीको हत्या गरेको थियो ।

त्यसपछि निरन्तर पुलिसले खोजेको भए पनि दुबेलाई फेला पार्न सकेको थिएन ।

दुबेको नाममा ५ लाख भारु टाउकाको मोल तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको