एजेन्सी- अमेरिकामा चिनियाँ अनुसन्धानकर्ताहरुले भिसा जालसाजी गरेको आरोपमा कारबाही अमेरिकी संघीय अदालतले स्ट्यान्डफोर्ड विश्वविद्यालयका भिजिटिङ अनुसन्धानकर्ताहरुले भिसा जालााजी गरेको र चिनियाँ सेनाको सदस्यता लुकाएको आरोपमा कारबाहीको आदेश दिएको छ ।

हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सोङ चेनलाई आफ्नो परिचयको विषयमा गलत विवरण प्रतस्तुत गरेको र चिनियाँ सैन्य फोर्सको सदस्यता लुकाएको भन्दै कारबाहीको आदेश दिइएको हो ।

संघीय अनुसन्धान व्युरोले र महान्यायाधीवक्ताले कानुन मन्त्रालयलाई सोमबार यस विषयमा जानकारी गराएका थिए । सोङले सन् २०१८ मा अमेरिकी भिसाका लागि भरेको आवेदनमा सन् २०११ मा आफ्नो सैन्य सेवा सकिएको बताएकी थिइन् ।

तर, उक्त विवरण संघीय अनुसन्धान ब्युरोको तथ्यसँग बाझिएको छ । उनी हाल पनि पिपुल्स लिब्रेसन आर्मीको सक्रिय सदस्य रहेको खुलेको छ ।

अमेरिका-चीन सम्बन्धमा कोरोना भाइरस र व्यापारका विषयमा उत्पन्‍न विवादपछि यस्तो घटना सार्वजनिक भएको हो ।

संयुक्त राज्य अमेरिकाले कोरोना महामारीका समयमा सिन्जियाङमाथि चीनले गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरु गरेको भन्दै चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्धसमेत लगाएको छ ।
https://abpnepal.net/chinese-researcher-charged-with-visa-fraud-in-us-for-concealing-pla-membership/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको