राजविराज । यस वर्ष एसईईमा ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।
माध्यमिक शिक्षा परीक्षा एसईईका लागि सबै तयारी पूरा भएको बताइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार १५ चैतबाट सुरु हुने परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।
यो वर्ष देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ भने एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी ५ लाख ४ हजार ४ सय १४ जना परीक्षार्थी सहभागी हुने बाेर्डले जनाएकाे छ ।







