सप्तरी । सप्तरीका एक जना उम्मेदबारमाथि आक्रमण भएको छ । अज्ञात समूहको आक्रमणबाट प्रदेशसभा ४ को २ बाट उम्मेदवारी दिएका सहमुद मियाँ घाइते भएका छन् । उनी संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् । अन्तिम दिनको प्रचारप्रसार गरे बोदे बर्साइन-३ स्थित फर्किदैं गर्दा अज्ञात समूहले आफूमाथि आक्रमण गरेको उनले बताएका छन् । ८/१० जनाको संख्यामा खुकुरी र रडले आक्रमण गरेको उनको भनाइ छ । आक्रमण लगत्तै ती व्यक्तिहरु फरार भएका छन् ।  मियाँको टाउको र हातमा प्रहार गरिएको छ । राति ११ बजेतिर आक्रमण भएको र निजी क्लिनिकमा उपचार गराएपछि अवस्था सामान्य बनेको छ । उनी घरमै आराम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको