राजविराज २ पुस । प्रदेश २ को समानुपातिकतर्फ नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । तर, प्रदेशसभामा बहुमत भने राजपा(फोरम गठबन्धनको पुगेको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिकको मत गणना आइतबार सकिएको छ । जसमा कांग्रेसले सबैभन्दा बढी ३ लाख ७० हजार ५५० मत पाएको छ भने राजपाले ३ लाख १८ हजार ५२४ र फोरमले २ लाख ८४ हजार ७२ मत पाएका छन् ।
एमालेले २ लाख ४९ हजार ७३४ र माओवादी केन्द्रले १ लाख ८२ हजार ६१९ मत पाएका छन् । निर्वाचन आयोे कुन दलले कति सिट पायो जानकारी गराएको छैन ।
यसका लागि केही दिन लाग्नेछ । तर, सेन्ट लगका आधारमा प्रदेश २ को समानुपातिक ४३ सिट मध्ये कांग्रेसले ११ पाउने देखिन्छ ।
राजपाले १०, फोरमले ९, एमालेले ८ र माओवादी केन्द्रले ५ सिट पाउने अवस्था छ । प्रत्यक्षतर्फ फोरमले २० सिट जितेको छ भने राजापाले १५, एमालेले १४, कांग्रेसले ८ र माओवादीले ६ सिट जितेको छ । एक प्रदेशसभा सदस्य स्वतन्त्र छन् । गठबन्धन बनाएर चुनाव लडेको फोरम र राजपाको कुल ५४ सिट भएको छ, जुन १०७ सदस्यीय प्रदेशसभाको बहुमत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको