सप्तरी । प्रदेश सभामा समानुपातिकका सम्भावित सांसद(प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा धेरै सिट जितेका दलहरूले सम्बन्धित प्रदेशमा ३३ प्रतिशत महिला पुयाउन समानुपातिकबाट धेरै महिला पठाउनुपर्नेछ । यसो गर्दा कुनै दलबाट पुरुषको प्रतिनिधित्व नगण्य अथवा शून्य पनि हुनेछ ।
(जनजाति, खसआर्य, दलित, मधेसी, थारू र मुस्लिम समुदायबाट समानुपातिकमा प्रतिनिधित्व गराउँदा सम्बन्धित प्रदेशको जनसंख्याको अनुपातका आधारमा हरेक प्रदेशमा फरकफरक मापदण्ड छ ।
(दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगले बन्दसूचीको क्रमसंख्या लागू हुनुपर्ने भनेको छ । तर, निर्वाचन कानुनमा ‘यथासम्भव’ भन्ने शब्दावली प्रयोग भएकाले दलहरूले तलमाथि गर्न सक्ने सम्भावना बाँकी नै छ । प्रदेश नम्बर २ को सदन्र्दभमा भन्नुपर्दा सबैैभन्दा बढी मधेश मधेशी गठबन्धनले समानुपातिक सिट पाएको छ । ४३ सिट मध्ये १९ वटा मधेशी गठबन्धले भएको अवस्था छ । ११ वटा काग्रेस , मधेशी गठबन्धनमा राजपाले १० , फोरमले ९ सिट पाएको अवस्था छ ।
राजपा : १०
मधेसी : ५
राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा सबै नाम मधेसी कोटा उल्लेख गरेको छ । जसमा मधेसी ५, दलित २, मुस्लिम, जनजाति र थारू क्लस्टरबाट १(१ जनाको प्रतिनिधित्व हुन्छ । राजपाले दुई जना पुरुष लाई समेत समावेु गर्ने निर्णय गगिएको स्रोतले जनाएको छ । जस्मा सप्तरीबाट राजपाका महासचिव केसव झा पर्ने सम्भाना प्रवल देखिएको छ । सबै दलमा चर्चामा रहेको नामहरु इस प्रकार रहेको छ ।
फोरम : ९ सिट मध्ये चर्चामा रहेका नामहरु
मधेसी : ५
सुनिता कुमारी साह (सप्तरी), उषाकुमारी यादव(बारा), भीमा यादव (पर्सा), रागिनीदेवी बरनवाल (पर्सा) र किरणकुमारी राय (महोत्तरी)
दलित : २
सुनितादेवी मोची (सिरहा) र चमेलीदेवी दास (धनुषा)
मुस्लिम : १
करिमा बेगम (पर्सा)
जनजाति : १
सन्चमाया मोक्तान (सर्लाही)
कांग्रेस : ११
मधेसी : ६
गीताकुमारी यादव (सप्तरी), शिवचन्द्र चौधरी (धनुषा), ओमप्रकाश शर्मा (पर्सा), सरस्वती चौधरी (धनुषा), मञ्जुकुमारी यादव (महोत्तरी) र शशी गुप्ता (पर्सा)
दलित : २
उमेश पासवान (महोत्तरी) र प्रमिलादेवी दास (महोत्तरी)
मुस्लिम :२
शेषरसिद अली (रौतहट) र नुरुल नेसा (महोत्तरी)
जनजाति : १
शोभाकुमारी लामा (बारा)
एमाले :७
मधेसी : ४
डा. मनोजकुमार सिंह (सप्तरी), प्रमोदनारायण यादव (सिरहा), अनिताकुमारी यादव (धनुषा), मञ्जुकुमारी यादव (महोत्तरी)
माओवादी : ५
मधेसी : ३
रुवि कर्ण (सप्तरी), प्रमिलाकुमारी यादव (सप्तरी) जगतप्रसाद यादव (सिरहा),
दलित : १
फुलियादेवी सदा (सिरहा)
मुस्लिम : १
पसमिना कादरिन (पर्सा)
अन्य : १
नेपाल संघीय समाजवादी पार्टी
मधेसी : सावित्रीदेवी साह (सर्लाही)







