राजविराज, २१ पुस । एक साता यता चलेको शीतलहरसँगै चिसो हावाका कारण सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
शुक्रवार महदेवा गाँउपालिका २ अकवरपुरका ५८ वर्षीय सुकदेव यादबको जाडोको कारण मृत्यु भएपछि मर्नेको संख्या ६ पुगेको हो । यादबको जाडोका कारण मृत्यु भएको स्थानिय रामदेब यादबले जानकारी दिएका छन् ।
बिहान ५ वजे नहर किनारमा शौच गर्न गएका यादव चिसोले कठ्याङग्रीएर अचानक ढलेका थिए । उनलाई उपचारका लागि अस्पताल लाने क्रममा वाटोमै मृत्यु भएको रामदेबले वताए । विहिवार राती राजबिराज नगरपालिका वडा नम्वर १० झल्हीका ६५ वर्र्षीय कैलीदेबी खंग र वडा नम्वर २ का ६० वर्र्र्षीय नाजो बेगमको मृत्यु भएको वडा नं। २ का अध्यक्ष अरुण यादबले जानकारी दिए ।
यसअघि छिन्नमस्ता गाउपालीका १ वरहीका ३५ वर्षीय रामदयाल राम, बिरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको थियो ।

सरकारी विद्यालय वन्द, निजी अझै सञ्चालन
यता, सप्तरीमा चिसोले ६ जनाको ज्यान गईसकेको छ । चिसोका कारण स्वास्थ्य संस्थामा विरामीको चाप वढेको छ । निरन्तरको शीतलहरले चिसिएको सप्तरीको मौसमका कारण सर्वसाधारण घरवाट कमै निस्किने गरेका छन् । तर, यस्तो अवस्थामा पनि केहि निजीविद्यालयहरुले विदा नदिएर परिक्षा राखिदिदा स–सना वालवालिका थर्थर काम्दै विद्यालय जान वाध्य छन् ।
शीतलहरसँगै वढेको अत्याधिक जाडोका कारण जिल्ला शिक्षा कार्यालयले जिल्लाका सवै ४१२ वटा सामुदायिक विद्यालय वन्द गराएको छ । जाडो वढेपछि एकसाता यता विद्यालय आउने विद्यार्थी संख्या पनि निकै घट्दै गएको थियो, अर्कोतिर वालवालिकालाई चिसोले पार्ने प्रभावलाई पनि ध्यानमा राखी विदा दिने निर्णय गरेका छौं । उनले भने तर केहि निजी विद्यालयले अझै विदा नदिएको सुनीन आएको छ । यसवारे आवश्यक पहल गर्छौ ।
यता, यस्तो प्रतिकुल मौसममा पनि परिक्षाको नाममा विद्यालय सञ्चालन गरेर केहि निजी विद्यालयले ससाना वालवालिकाको स्वास्थ्य माथि खेलवाड गरिरहेको स्थानीय अभिभावकको गुनासो छ । स्थानीय अभिभावक उमाकान्त साहले भने परिक्षा त वहाना मात्र हो अभिभावकसँग वाकी वक्यौता रकम असुल्न केहि निजी विद्यालयले वेमौसमको वाजा वजाएका छन् ।
यता, प्याब्सन अध्यक्ष पञ्चदेव यादवले नीजी विद्यालय वन्द गर्ने निर्णय नभई सकेपनि एक दुई दिन यस्तै मौसम रहे वन्द गर्न सकिने जवाफ दिएका छन् । उनले भने–‘अहिलेसम्मको अवस्था हेर्दैछौं, झन प्रतिकुल भए प्याब्सन कार्यसमितिको वैठक वसेर विदा दिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको