काठमाडौं,२५ पुस । सरकारले अत्यधिक चिसोका कारण मारमा परेका विपन्न समुदायका नागरिकका लागि २ करोड २२ लाख रुपैयाँको राहत घोषणा गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले तराईका २२ जिल्लामा यस्तो राहत वितरण गर्न लागेको हो ।
गृह मन्त्रालयले प्रत्येक जिल्लालाई कम्मल, दाउरा तथा न्यानो कपडा वितरणका लागि १० लाख रुपैयाँका दरले राहत दिने भएको हो ।,
गृहले सोमबारै आफ्नो मौज्दातमा रहेका कम्मललगायत सामग्री शीतलहर प्रभावित क्षेत्रमा पठाएको छ ।







