लोकेन्द्र कुमार यादव
बोदेबर्साइन २५ पुष । सप्तरी क्षेत्र नम्बर –४ वाट निर्वाचित संसाद तथा खेलकुद् राज्यमन्त्री तेजुलाल चौधरीले नव गठित नगरपालिकालाई नमूना नगरपालिका बनाउनु पर्ने बताएका छन ।
मंगलबार सप्तरीको बोेदेवर्साइन नगरपालिको पहिलोे नगरपरिषदलाई उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले यस क्षेत्रको जनतालाई सहज हुनेगरी नव गठीत नगरपालिकालाई नमूना नगरपालिका बनाई छाडने प्रतिबद्धता व्यक्त गरे । उनले यस क्षेत्रमा रहेको नगरपालिका गाउँपालिकहरुकोे विकासिय कामलाई चाडो अगाडी बढाउनु पर्नेमा जोड दिए । उनले विद्यार्थी तथा युवाहरुको लागि खेलकुद् सामाग्री तथा खेल मैैदानका लागि बजेट उपलब्ध गराई खेलमैदान निर्माणकोे कामलाई यथा सिघ्र अगाडी बढाउने नगरवासीलाई विश्वास दिलाए ।
नगरपालिकाका प्रमुख आतेश कुमार सिंहकोे अध्यक्षतामा भएको सभामा प्रदेश सभा सांसद अभिषेक यादव, पूर्व सांसद सुन्द्र कुमार यादव, लक्ष्मी चौधरी, नागरिक संजालका अध्यक्ष सुखराम यादव, नेपाली काग्रेसका प्रतिनिधी इन्द्रदेव ठाकुर, एमालेका प्रतिनिधी देवचन्द्र झा , राजपाका प्रतिनिधी अरमेन्द्र कुमार यादव, फोरम नेपालका प्रतिनिधी सूर्यनाथ यादव भवन निर्माणका लागि जग्गा प्रदान गर्ने दाता अनिरुद्ध प्रसाद यादव लगायतले आ–आफनो मनतव्य व्यक्त गरेका थिए ।
नगर प्रमूख सिंहले आ.व. २०७४\०७५ को रु. ५२ करोड ५७ लाख १३ हजार ९ सय १ रुपैया ९ पैसा को निति तथा कार्यक्रमको बजेट प्रस्तुत गरेको थिए ।







