सप्तरी, २८ पौष । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाले नगरको विकासकालागि आर्थिक वर्ष ०७४÷७५ को प्रस्तावित बजेट प्रस्तुत गरिएको छ ।
नगरपालिकाको शुक्रवार सम्पन्न नगर परिषद्ले चालु आर्थिक वर्षकालागि २५ करोड ३७ लाख ८७ हजार ६९० रुपैयाँ २५ पैसाको प्रस्तावित आय–व्यय सार्वजनिक गरेको हो । देशकै पहिलो चन्द्रनहर तथा संरक्षणकालागि बनाएका ऐतिहासिक तथा प्राचीन संरचनाको जगेर्ना गर्ने, चुरे क्षेत्र, सामुदायिक वन, धार्मिक स्थल लगायतको संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने परिषद्मा निति तथा योजना पेश गरिएको छ ।
नगर प्रमुख गौत्तमले आफ्नो कार्यकालभित्रै सप्तकोशीलाई सप्तरीका अन्य नगरपालिका र गाउँपालिकाको तुलनामा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । यता शुत्रवारै हनुमाननगर कंकालनी नगरपालिको परिषद् सम्पन्न भएको छ । परिषद्ले आर्थिक वर्ष ०७४÷७५ को प्रस्तावित बजेट ४५ करोड २३ लाख ८६ हजार आय–व्यय सार्वजनिक गरेको हो ।
समाजिक विकासका लागि ५६ लाख , आर्थिक विकासका लागि कूल पुँजीगत वजेटका १ करोड ७७ लाख ,पूर्वाधार विकासका १३ करोड १० लाख ,संस्थागत बिकास एवँम सेवा प्रवाह तर्फ ४ करोड २६ लाख रकमको बिनियोजन गरिएको जनाईउको छ । हनुमाननगरका कंकालनी मेयर शैलेश साहको अध्यक्षतामा भएको कार्यक्रमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा. सुर्य नरायण यादव , प्रदेश सभा सदस्य नवलकिशोर साह लगातले अ आफनो मन्तन्य व्यक्त गरेका थिए ।







