सिरहा, १ माघ । अत्याधिक चिसोका कारण सिरहामा  आज थप  ३ जनाको  मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर कर्जन्हा नगरपालिका –६, १ सय वर्षीया सियावती हाय, गोलबजार नगरपालिका –८, का ६५ वर्षीया बिलटु गुप्ता र लहान नगरपालिका –६, का ६५ वर्षीया सितादेवी भट्टराईको मृत्यु भएको  जिल्ला प्रहरी सिरहाले जनाएको छ । यासँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा पछिल्लो एक सातामा पाँच महिलासहित ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको