काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी रद्द गरेको छ । प्रदेश ४ बाट अपाङ्गता कोटामा उम्मेदवारी दिएका थापाको अपाङ्गता परिचयपत्रको नवीकरण नगरेको पाइएपछि उम्मेदवारी रद्द गरिएको निर्वाचन आयोगले जनाएको छ ।
वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका थापाले उम्मेदवारी दर्तापछि मात्रै परिचयपत्र नविकरण गरेकाथिए । अपाङता कोटाबाटै उहाँका प्रतिस्पर्धी बनेका कांग्रेस उम्मेदवार तनहुँका प्रकाश पन्तले थापाविरुद्ध मूख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उजुरी दिएका थिए ।
थापाको उम्मेदवारी रद्द भएपछि पन्त राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएकाछन् । अब प्रदेश नम्बर ४ बाट राष्ट्रियसभाका उम्मेदवार ११ जना मात्र भएका छन् ।







