राजविराज – प्रदेश २ मा दुई मधेसकेन्द्रित दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको बहुमत पुगेपछि सरकार गठनका समीकरण बनाउन सक्रिय भएका छन् । १ सय ७ सदस्यीय प्रदेशसभामा यी दुई दलको पक्षमा ५४ सिट छ ।
दुई दलमध्ये जुन दल ठूलो बन्छ, उसैले प्रदेश २ को सरकार पनि बनाउने समझदारी चुनावअघि नै बनेका कारण फोरमले नै सरकारको नेतृत्व गर्ने पक्कापक्की जस्तै छ । यसलाई दोस्रो ठूलो दल राजपाले पनि स्वीकार गरिसकेको छ ।
सुरुमा संघीय फोरमका उपाध्यक्ष तथा पर्सा १ ’ख’ बाट विजयी लालबाबु राउत र पार्टी कोषध्यक्ष रहेका विजय यादव लाई मुख्यमन्त्रीको रुपमा चर्चा गरिए पनि उनी किनारा लाग्दै गएका छन् ।
पर्टीका एक नेता भन्छन राउत र यादवकोको भन्दा शैलेन्द्र साहको सम्भावना बढी देख्छन् । साह नै मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै हो’, ती नेताले भने, ’अबको एक दुई दिनमै निर्णय हुन्छ ।’
प्रदेशसभाको चुनावमा साह सप्तरी क्षेत्र नम्बर २ ’क’ बाट विजयी भएका हुन् । उनी २०७० सालमा भएको संविधान सभाको चुनावमा पराजय भएको थियो । प्रदेश २ मा फोरमको २९ र राजपाको २५ सिट छ । जसकारण मुख्यमन्त्री फोरमकै फोल्टामा जान्छ ।
मुख्यमन्त्रीमा साहको दाबेदारी किन ?
स्थापनाकाल देखी पार्टीमा सर्घष गरेका साह पार्टीको साख जोगाउन सडक आन्दोलनमा मरणासन्न हुने गरी कुटिए ।
शासकको लाठी प्रहारले रक्ताम्म भए । तर कहिल्यै अन्दोनबाट भाग्ने प्रयास गरेन ६ महिने मधेश आन्दोलनको सुरुबातमै भारदहमा प्रहरीको लाठि प्रहार बाट घाईते भएको साह आनदोन गरीरहे । विद्यार्थी जिवनमा लोकतान्त्रीक आन्दोलनको समेत अगुवा बनी केन्द्र देखी जिल्ला सम्म कयौ पटक जेल गए ।
मधेश आन्दोलनको रापतापले प्रदेश नम्बर २ मा संधीय समाजबादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले राम्रै सिट हासिल गरेको छ ,निर्वाचनमा । जसले गर्दा यो पार्टीप्रति धेरै राजनीतिकर्मी आकर्षित भएका छन् ।
मतदाताको हुल नै फोरम राजपा पक्षधर भएपछिको परिणाम हो यो । हरेक मधेश आन्दोलनमा सहभागी भई मधेशवादको दियोलाई प्रतिकूल समयमा पनि जोगाइ राखे । साह पार्टीप्रति प्रतिबद्ध, नेतृत्वको विश्वासी र जनताका प्यारो नेता भएकाले उनी मुख्यमन्त्री बन्ने कुरामा खासै सन्देह गर्नुपर्ने स्थिति नरहेको एक नेताले बताए ।







