राजविराज- राप्रापा प्रजातान्त्रिकका नेतृ तथा बन राज्यमन्त्री कमलादेवी शर्माले काँग्रेस सँगको सम्झौताले गर्दा पार्टीको निराशाजनक हार भएको बताएको छ । सोमवार सप्तरीको कठौनामा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले काँग्रेस सँगको सहकार्य, निर्वाचनमा पार्टीबाट न्यून संख्यामा उम्मेदवारी र पार्टी भित्रको अन्तरकलह सँगै भएको विभाजन नै पराजयको मुख्य कारण भएका बताए ।
राष्ट्रिय स्तरमा काँग्रेससंग सहकार्य गरिएपनि स्थानीय स्तरमा काँग्रेसी कार्यकर्ताले अधिकांश स्थानमा विश्वास घात गरेको उनको आरोप थियो ।
देशमा स्थायीत्व र आर्थिक विकासका लागि बलियो सरकार गठन तर्फ देश अघि बढिरहेको अपेक्षा गरीएपनि विगतको क्रियाकलापले विकास र समृद्धिको बाटोमा देश अघि बढनेमा आशंका उब्जेको भन्दै शर्माले आगामी दिनमा आफ्नो पार्टी रचनात्मक ढंगबाट देशको राजनीतिमा क्रियाशील रहने बताए ।
उनले हिन्दू राष्ट्रको एजेन्डा बोकी आफ्नो पार्टीले अब सडकमा क्रियाशील रहने जानकारी दिए । उनले भने –‘जनताले पनि हामीलाई सडकमै पु¥याई दिएका छन् त्यसैले अब संसद भन्दा पनि हाम्रो पार्टीको क्रियाशीलता सडकमै हुनेछ ।’ कार्यक्रममा पार्टीका उपाध्यक्ष रामचन्द्र रायले पार्टीको अबको बाटो जनतासँग हुने बताए । उनले वडा देखि केन्द्रसम्म अब पार्टी सुदृढिकरण गरी अघि बढने बताए । नेता यादवले २ नं. प्रदेशको नामाकरण गर्दा आफ्नो पार्टीको धारणामा मिथिला प्रदेश नाम लिएर अगाडी बढने समेत बताए । पार्टीका जिल्ला अध्यक्ष उमदेश्वर साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सबै क्षेत्रका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको