राजविराज – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको ६० लाख युवा विदेशीनु देशका लागि दुर्भाग्य रहेको बताएका छन् ।
बुधवार सप्तरीको खडक नगरपालिकाको पहिलो नगर परिषदलाई उदघाटन गर्दै अध्यक्ष यादवले देशमा रोजगारी सृजना नभएका कारण युवाहरु दिनप्रति विदेशी रहेको प्रति चिन्ता व्यक्त गरेको छ । उनले स्थानीय स्तरमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षणको आवश्कयता रहेकाले यसमा सरकारलाई ध्यान दिनुपर्ने आवश्यता रहेको बताए । उनले भने– नगरपालिका र गाउँपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई प्रशिक्षित बनाई अघि बढाउनुपर्ने आवश्यकता देखिन्छ, यसमा सम्बन्धित निकायलाई समयमै ध्यान पु¥याई अगाडी बढाउनुपर्ने बताए ।
एक अर्को प्रसंगमा उनले भने–जिल्ला भइरहेको विकासीय गतिविधिहरुलाई जनता स्वयम् निगरानी गर्नुपर्ने देखिएकोले कर तिर्ने अधिकार सँगै जनताले विकासका निगरानी पनि गर्नुपर्छ । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य गोविन्द न्यौपानेले सरकारले एकिकृत विकास योजना ल्याउनुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य रुबी कर्णले स्थानीय स्तरका जनताहरुले चाहेका विकास योजनाहरु छनौट गर्नुपर्ने बताए ।
उनले सप्तरीमा रहेको ऐतिहासिक गढी तथा मठ मन्दिरहरुलाई पनि संरक्षण गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको