राजविराज – बेल्हीचपेना गाउँपालिकामा बिना टेन्डर समान खरिद गरी व्यापक भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्दा दर्ता गराएको छ ।
गाउँपालिकामा २०७२\०७३ मा खरिद गरेको कम्प्युटर, सोफा सेट, प्रिन्टर अन्य कागजी सामग्री कार्यालयमा देखा नपरेपछि स्थानीय डम्बर नारायण साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी र प्रदेश कार्यालय बर्दिबासमा मुद्दा दर्ता गराएको जानकारी गराए ।
गाउँपालिकाले ५२ लाख रुपैया बराबरको बिना टेन्डर समान खरिद गरेको र त्यसको बिल भरपाई अहिले सम्म सार्वजनिक गर्न नचाहेपछि उक्त मुद्दा दर्ता गराउन बाध्य भएको स्थानीय साहले बताए ।
समान खरिद सम्बन्धी बारम्बार पत्रिका तथा अनलाईनहरुमा समाचार आएपनि सम्बन्धित निकायको ध्यान पुग्न नसक्नु मोटो रकमको चलखेल भएको आशंका गरिएको स्थानीय जिव नारायण साहले यस पत्रिकालाई बताए ।







