काठमाण्डौं-१५ जना मन्त्री बनाउनु पर्ने, १४१ को दावी छ । हेर प्रम केपी ओलीलाई समस्या । त्यसमाथि नवराज सिलवाललाई त मन्त्री नबनाइ भएको छैन, बाँकी त उही १४ न हो ।
ठूलो दावी छ भीम रावल, विष्णु पौडेल र योगेश भट्टराईको । योगेशले बाजी मारिसके भन्दा हुन्छ, किनकि ओलीले तैयार रहन आश्वासन दिइसकेका छन् ।
भीम रावलले चाहेर पनि उपप्रधानसहितको गृह पाउन मुस्किल देखिन्छ भन्छन् एमालेका साथीहरु । यता झलनाथ खनाल र माधवकुमार नेपाल आफ्ना मान्छेलाई मन्त्री बनाउन भाग खोज्दैछन् ।
झलनाथले मुखै फोरेर र माधव नेपालले भित्री रुपमा राष्ट्रपतिको चाहना पनि राखेका छन् । कनिष्ट एमालेहरु आफूले पालो पाउनुपर्ने दावी ओलीसमक्ष राखिसकेका छन् ।
बरिष्ठहरु मन्त्री भइसकेकाले पनि ओलीले नयाँ पुरानालाई मिलाएर अघि बढ्न खोज्दा एमालेभित्रै ठूलै रडाको मच्चिएको छ । खासगरी भीम रावल यो रडाकोको बीउ बन्न पुगेका छन् ।







