काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको निर्वाचन फागुन २१ गते हुने भएको छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार संसदीय दल निर्वाचन समितिको बैठकले २१ गते अपराह्न ४ बजे संघीय संसद्को बैठक बस्नुभन्दा अगाडि निर्वाचन गर्ने भएको समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए।

समितिले संसदीय दलको नेता चयनका लागि औपचारिक रुपमा १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन गर्ने तयारी गरेको छ।

समितिको संयोजकमा श्रेष्ठ तथा सदस्यमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र भीष्मराज आङ्देम्वे छन्। बैठकले समितिका सदस्यसचिवमा केशव रिजाललाई राख्ने तय गरेको छ।

दलको नेताका लागि सभापति शेरबहादुर देउवा पछि नहट्ने अडानमा छन्। पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि देउवाविरुद्ध लड्ने सुरमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको