जनकपुर – प्रदेश २ को सरकार विस्तार हुने भएको छ । फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिने भएका छन् । तर, राजपाले अझै नाम पठाएको छैन ।
फोरमल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्र साहलाई पठाइएको छ । शैलेन्द्र सप्तरी २ ‘क’बाट निर्वा्चित साह मुख्यमन्त्रीको दावेदार थिए तर पार्टीको गुटका कारण मन्त्रीमा चित्त बुझाए ।

गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्रीमा ज्ञानेन्द्रकुमार यादवलाई पठाएको छ । गृहमन्त्री बन्न लागेका यादव धनुषा ४ ‘क’बाट निर्वा्चित सांसद हुन् ।

 फोरमले तीन राज्यमन्त्रीमा उशा यादव, सरोज सिंह र योगेन्द्र रायको नाम पठाएको छ । उशा अर्थ, सरोज गृह र यागेन्द्र भूमिव्यवस्था राज्यमन्त्री हुनेछन् ।

फोरमबाटै मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादव भइसकेका छन् ।

सत्ता साझेदार दल राजपाबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् । तर, समाजिक विकास र उद्योगमन्त्री तथा राज्यमन्त्री राजपाले हाल सम्म पठाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको